चीनको विशेष प्रशाशित क्षेत्र हङकङमा विधायीकाको निर्वाचन सम्पन्न

चीनको विशेष प्रशाशित क्षेत्र हङकङमा आज विधायीकाको निर्वाचन सम्पन्न भएको छ। 

 

चीनीया विशेष प्रशाशित शाशन व्यवस्थाबाट अलग भई पुर्ण प्रजातन्त्र वहालीको लागि विरोध उत्कर्षमा पुगीरहेको बेला हङकङमा मतदान भईरहेको हो।

 

मतदान अघि एकसातासम्म चलेको चीनविरोधी प्रदर्शनले प्रजातन्त्र पक्षधरहरुलाई चुनावमा फाईदा पुग्ने अनुमान गरिएको छ ।

हङकङमा झण्डै ३५ लाख मतदाताहरु मत खसाल्न योग्य छन् । विधायीकाको कुल ७० मध्ये पहिलोपटक ४० जना प्रत्यक्ष मतदानबाट छानिने व्यवस्था गरिएको छ ।

 

बाँकी ३० जना भने केन्द्र सरकार निकटका आर्थीक र व्यवसायीक क्षेत्रका विज्ञहरुले निर्वाचीत गर्नेछन् ।

 

 सन् १९९७ मा बेलायतबाट मुक्त भई चीनको अधिनस्थ आएको हङकङलाई चीनले विशेष प्रशाक्षित क्षेत्र मान्दछ ।

 

 चीनले यही हैसीयतमा मकाउलाई पनि राखेको छ । चीनीया अधिनस्थ भएपनि हङकङमा मुख्यभुमी चीनमा भन्दा बढी स्वतन्त्रताको हक स्थापित छ ।