काठमाडौं । सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ प्रति दशग्राम ५२ हजार ९ सय ५० अर्थात तोलाको ६१ हजार ७ सय ६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार देखि बिहीबारसम्म स्थीर रहदै आएको सुनको भाउमा आज एकै दिन तोलामा ७ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
त्यस्तै आज नेपाली बजारमा चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य अघिल्लो दिनको मूल्य भन्दा तोलामा १५ रुपैयाँले बढी हो । निरन्तर सुनको मूल्य आकासिने क्रम नरोकिएपछि यसको करोबार खस्केको व्यवसायीहरुले जनाएका छन् ।



