

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा

म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

म त ५६ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं मनिसहरुको भिडमा

म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा

म त रुखै नभएको मरुभुमीमा पो तड्पिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना काप्चामा
म त गाउँ घर छोडि समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु




