सहमतिको विकल्प छैनः खाण

– कृष्ण खनाल


बुटवल ।  पुर्व मन्त्री बालकृष्ण खाणले बर्तमान राजनितीक निकासको एकमात्र विकल्प सर्वदलिय सहमति हुने बताएका छन । संविधान सभाबाट जनताले अपेक्षा गरेको संविधान प्राप्त नहुनुको एक मात्र कारण असहमतिको संस्कृती भएको भन्दै यसको लागि सहमतिको विकल्प नभएको बताए ।

 

पुर्व सभासद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाणले संविधान सभाले लामो समय सम्म राज गरेको राजतन्त्रको अन्य गरेको भन्दै कामनै नगरी संविधान सभाको अवसान भएको भन्न नमिल्ने बताए । उनले भने-संविधान सभाले राष्ट्रिय राजनीतिमा एउटा ऐतिहासिक कार्य गरेको छ ।  सहमतिको संस्कार विकास गर्नको लागि रानीतिक विचारहरुलाई सम्पादन गर्नुको साटो समायोजन गर्नु्र पर्ने उनको धारणा राखे ।

 

पश्चिमााचल बस व्यवसायी संघको १८ औं बार्षिक साधारण सभा तथा अधिवेसनमा मन्तव्य राख्दै नेता खाणले जनताले यातायातका मालिकहरुले आफ्नो हितभन्दा पनि यातायात व्यवसायीको हितमा रहेर काम गर्न आग्रह गरे ।


पश्चिम नेपाल बस व्यवसायी संघका कार्यवाहक अध्यक्ष दधिराम खरेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सभासद् तथा एनेकपा माओवादीका केन्द्रीय सदस्य बामदेब क्षेत्री नेकपा एमालेका क्षेत्रीय कमिटि ईन्चार्ज नन्दीकेशर ढकाल नेपाली कांग्रेसका जिल्ला सभापति अब्बदुल रज्जाक नेकपा एमाओवादीका माधव शर्मा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् भोज प्रसाद श्रेष्ठ नेकपा-माओवादीका सरद वली नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिपक ज्ञवाली यातायात मजदुर संघ पश्चिमााचल क्षेत्रीय अध्यक्ष कृष्ण प्रसाद बेल्वासे पूर्व अध्यक्षहरु सुरेन्द्रमान श्रेष्ठ गणेशमान शैजु सुर्य बहादुर भट्राई कृष्ण प्रसाद न्यौपाने चोपनारायण श्रेष्ठ तुलसीराम बाजाडे लगाएतले मन्तव्य राखेका थिए ।

अन्य समाचारहरु