सहमति पछि मात्र सरकार छाड्ने एकीकृत माओवादीका पुष्पकमल दाहालको अडान

काठमाडौ – काठमाडौंबाट अन्लाईन संचारमाध्यमहरुले प्रकासित गरेको समाचार अनुसार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ले सहमति पछि मात्र सरकार छाड्ने बताएका छन् । उनले सहमति विना सरकार छाड्दा संकट झन गहिरिने बताए ।


‘संविधानका विवादित विषयहरुमा सहमतिका लागि पहल गरिरहेका छौं’ उनले जनसञ्चार अभियानको कार्यक्रममा मंगलबार भने, ‘सहमित गरेर संविधान जारी गर्नु अहिले उत्तम विकल्प हो ।’


उनले संविधानमा सहमति गर्ने भनेको अर्थ निर्वाचनमा नजाने भन्ने लगाउन नहुने पनि उनले बताए । उनले भने, ‘निर्वचान अन्तिम् विकल्प हो ।’


दाहालले संविधानका विवादित विषयहरुमा सहमतिका लागि काँग्रेस नेताहरुसंग छलफल जारी रहेको र मंगलबार पनि यसै बिषयमा छलफल भएको उनले बताए । ‘हाम्रो प्रयास जारी छ’ उनले भने, ‘दशैं