इजरायलमा समय अगावै आम निर्वाचन हुने भएको छ । इजरायली प्रंधानमन्त्री बेन्जामिन नेतेन्याहुले आगामी जनवरीमा आम निर्वाचन गर्ने घोषणा गरेका छन् । नयाँ वजेटको विषयमा सत्ता गठबन्धनको अर्को दलसँग समहति बनाउन नसकेपछि प्रधानमन्त्री नेतेन्याहुले निर्वाचन घोषणा गरेका हुन् । वर्तमा सरकारको समय सकिएर नयाँ चुनाव हुन ९ महिना बाँकी छँदै नेतेन्याहुले चुनाव घोषण गर्नुपरेको हो ।



