पाकिस्तानमा तालिवानीको गोली लागि घाइते भएकी किशोरी मलाला युसुफजईको टाउकोको सफल शल्यक्रिया

तालिवानी विद्रोहीको तारो बनेकी पाकिस्तानी किशोरी खरातामुक्ततालिवानी विद्रोहीको गोली लागि घाइते भएकी अन्तर्राष्ट्रियय शान्ति पुरस्कारका लागि मनोनित पाकिस्तानी किशोरी मलाला युसुफजईको टाउकोको सफल शल्यक्रिया गरिएको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।


पाकिस्तानमा सबैका लागि शिक्षा अभियानमा सक्रिय रहेकी १४ बर्षीया मलालालाई केही दिनअघि विद्यालयबाट घर फर्कने क्रममा तालिवानी लडाकुले गोली हानी हत्या प्रयास गरेका थिए । त्यसक्रममा उनका केही सहकर्मीहरु घाइते भएका थिए ।


घटना लगत्तै तालिवानले धर्म निरेपेक्षताको पक्ष र तालिवानको विरोधमा लागेको उनीमाथि आफुहरुले गोली प्रहार गरेको जनाएको थियो । घटनापछि पाकिस्तान र अमेरिकाले तालिवानको कडा आलोचना गरेका थिए ।


मलालाले सन २००९ मा ११ वर्षको उमेरमा नै तालिवानको छायाँमा रहेको जिन्दगी शीर्षकमा डायरी लेखेकी थिईन् । सोही डायरीका लागि उनलाई शान्ति पुुरस्कारका लागि मनोनयन गरिएको हो ।

 

– एजेन्सी,