काठमाडौं । निर्वाचन आयोगले विद्युतीय मतदानका बारेमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । अपराह्न निर्वाचनमा भएको छलफलमा आयोगले अब हुने निर्वाचनमा देशभर विद्युतीय मतदान गराउने तयारीमा आयोग रहेको जानकारी कार्यवहाक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दिए ।
आयोगले फोटो सहितको मतदाता नामावली बनाउनेको संख्या १ करोड ८ लाख रहेको जानकारी दिंदै मतदाता उमेर समुहका नेपालमा १८ लाख र बाहिर ३५ लाख रहेको जानकारी दिइयो । आयोगले फोटो सहितको मतदाता नामावली बनाउने कार्यमा सहयोग गर्न राजनीतिक दलका नेताहरुसंग आग्रह गरेको छ ।
छलफलमा सहभागी दलका नेताहरुले भने मतदानमा प्रयोग हुने विद्युतीय मेसिनलाई सुरक्षित राख्ने सम्बन्धमा आयोगले सोच्नु पर्नेमा जोड दिएका थिए । आयोगले फोटो सहितको मतदाता नमावलीको अलावा अन्य कुन परिचय पत्रलाई आधार मान्न सकिन्छ भन्नेमा पनि दलहरुलाई स्पष्ट हुन आग्रह गरेको छ ।



