ग्लोवल इन्भेष्टमेन्ट कम्पनीले विभिन्न कार्यक्रम सहित सहित वाषिर्क उत्सव मनायो

ग्लोवल इन्भेष्टमेन्ट प्रा. लि. कम्पनीले स्थापनाको एक बर्षपुरा  गरेको छ । ‘स्थापनाको एक बषको अवधी कम्पनी दर्ता, योजना निर्माण, शाखा खोल्ने कार्यमा बितेको जनाएको छ । यो अवधि योजना निर्माण प्रक्रियामै बितेको छ, कतिपय कार्यक्रम सुरु भइसकेको छ’ कम्पनीकी व्यवस्थापक रेनु श्रेष्ठले भनिन् । 
गैरआवसीय व्यवसायी तथा कम्पनीका वर्तमान अध्यक्ष देवमान हिराचनको पहलमा एक बर्षअघि ग्लोवल इन्भेष्टमेन्ट प्रा. लि. कम्पनी दर्ता भएको थियो । प्रवासमा रहेका गैरआवसीय नागरिक तथा स्वदेशी नागरिकहरु वीचमा छरिएर रहेको पूँजीलाई जम्मा गरी उद्योग, कृषि, शिक्षा, जडीबुटी उत्पादन तथा प्रशोधन, स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गर्ने यस कम्पनीको प्राथमिकतामा रहेको छ । 
एक बर्षो अवधिमा ३० वटा राष्ट्रहरुमा लगानी सर्म्पर्क खोलिसकेको छ । दर्ुवई ,आयरल्याण्ड, हङकङ्ग, जापान लगायतका गैरआवसीय नागरिकहरु यो क्षेत्रमा लगानी गर्न बढी इच्छुक रहेको कम्पनीका जनसर्म्पर्क व्यवस्थापक मान बहादुर थापाले बताए । 
कम्पनीले काठमाडौंका तीन ठाउँमा २० रोपनीमा अर्गानिक खेती सुरु गर्न लागेको छ । तत्कालै एक सय रोपनीमा हाउजिङ सुरु गर्न लागेको कम्पनीले जनाएको छ । साथै कृषि सम्बन्धी संसारका विभिन्न क्षेत्रबाट नयां प्रविधि नेपालमा भित्राउने पहल भइरहेको छ । त्यसै गरी जापानबाट विभिन्न जातीका फलफुलहरुको बिरुवा छिटै नै नेपालमा ल्याउने पहल भइरहेको छ । जापानमा सफल रुपले प्रयोगमा ल्याइएको जस्तो चुम्बकिय बिजुली उत्पादन  नेपालमा पनि गर्ने पहल गरिएको छ । नेपालमा भएको कच्चा पदार्थ लाई गुणस्तरिय वस्तुमा परिणत गर्ने पनि यस कम्पनीको योजना रहेको छ । कम्पनीको एक बर्षभत्रमा एक सय जना सेयर होल्डर रहेका छन्, एक अरव पूँजी संकलन भइसकेको छ ।