दशैंका लागि भन्दै सहुलियत दरमा चिनी प्रतिकेजी ७१, नुन प्रतिकेजी १३ रुपैयाँमा बिक्री

नुवाकोट । नुवाकोटमा साल्ट ट्रेनिङ कर्पोरेसनल दशैंका लागि भन्दै सहुलियत दरमा चिनी र नून विक्री गरेको छ । आज एकै दिनमा साढे ६ टन चिनी र ४ टन नुन विक्री भएको जनाइएको छ । चिनी प्रतिकेजी ७१ रुपैयाँमा प्रतिब्यक्ति ४ किलो र नून प्रतिकेजी १३ रुपैयाँमा प्रति व्यक्ति ६ किलो उपलब्ध गराइएको थियो ।


कर्पोरेसनले नुवाकोटका विदुर, बट्टार र त्रिशुली बजारबाट चिनी र नून विक्रि गरेको हो । स्थानीय बजारमा चिनी प्रति केजी ८० र नूनको प्रति किलो १६ रुपैयाँ पर्दछ ।


सहुलियत दरमा चिनी र नुन पाउने भएपछि खरिदका लागि उपभोक्ताको भीड लागेको थियो ।

 

– RSS