बटौली बजारमा मोटर साइकल तथा स्कुटीको बिक्री वितरण बड्यौ/जताततै अफरै अफर

– उमाकान्त पाण्डे गाउंले,


बुटवल –  नेपालमा सवारीका साधन दैनिक बढेका बढै छन । दैनिक प्रयोगमा आउने स-साना साधन बढे पछी बातावरण प्रदुशण एवम हावापानीमा प्रत्यक्ष असार परेको विज्ञहरु बताउछन । देशका बिभिन्न शहरमा स-साना सवारी साधन बढीरहेका छन । एक शहरमा दैनिक १ ह्जार भन्दा बढी मोटर साइकल वा स्कुटी हरु बिक्री वितरण गरेको पाईन्छ । अहिले नेपाली चाडवाड आइरहेका छन । चाडपर्व सगै बजारमा मोटर साइकल तथा स्कुटी बिक्री वितरणका लागि बिभिन्न स्किम ल्याएको बिक्रेताको भनाइ छ  ।

 


 

बुटवल आसपासमा करीब १ सयको हाराहारीमा मोटरसाइकल सोरुम तथा रिकन्डीसन हाउस सन्चालित छन  । प्राय धेरै बिभिन्न कम्पनीका मोटरसाइकल तथा स्कुटी हरुको बिक्री वितरणका लागि सन्चालित भएका हुन । सन्चालित सोरुममा अहिले ग्राहकको निकै घुइचो लागेको पाईन्छ  । यसै समय नै बिक्रेताको मौसम हो राम्रो र सोचे जस्तो  कमाउने । बिक्रेताहरुले अहिले बिभिन्न अफर तथा स्किम राखेर आफ्नो व्यवसाय गरिरहेका छन । त्यही स्किम र अफरलाई देखेर ग्राहकक घुइचो लाग्ने गरेको अर्घाखाँची डट्कम् को टोलीले भेट्टाएको थियो ।  

 


 

“हामीले प्राय बार्षिक लक्ष्यको ४० प्रतिशत तारगेट यसै समय पुरा गर्ने हो, त्यसर्थ बिभिन्न अफर र स्किम राख्नै पर्छ” अमृत इण्टरनेशनल प्राली चौराहाका म्यानेजर देवेन्द्र पौडेलले भने । यो प्राली बुटवलमा विगत ६ बर्ष अघी बाट सन्चालित छ । यस् प्राली ले दसैं तिहारको अवसर पारेर ४ हजार देखी १ लाख सम्मको स्क्राय्च नगद उपहारको योजना राखेको छ । योजना अन्तरगत ७ सय ५० मोटर साइकल तथा स्कुटी बिक्री गरिने छ । अहिले सम्म २ सय ५० भन्दा बढी बिक्री गरिसकेको छ । आफुहरु सग स्टक अलिक कम भएको र सरकारले ल्याएको नयाँ आयात नितीले गर्दा केही असजिलो पारेको पौडेलको भनाइ छ । अहिले  युरो २ मोडल आयातमा सरकारले रोक लगाएको बिक्रेताहरुको भनाइ छ । ग्राहकको घुइचोलाई ख्याल गर्दै शोरुममा ८ जना सेल्स म्यानले काम गरिरहेको उनले बताए । होन्डाको साइन बाइकको बजारमा बढी माग रहेको उनको भनाइ छ ।

 


 

उता बुटवलकै चौराहामा रहेको हिमालय अटो ट्रेडीङ प्रालीमा पनि दसैं तिहार बिशेष योजना छ । होन्डा कम्पनीका सबै उत्पादित मोटर बाइक पाइणे यो सोरुममा अहिले बिभिन्न योजना छन । ३ हजार देखी ६ हजार सम्मको नगद छुट तथा प्रत्येक बाइकमा एउटा डिजिटल फोटो फ्रेम उपहार दिने योजना राखेको म्यानेजर भेषराज पाण्डेले बताए । साथै दसैं तिहारमा मोटर बाइक खरिद गर्नेलाई एक बर्षसम्म ६ पटकको शर्भिसिङ निशुल्क गरिने पाण्डेले बताए । यस् समयमा ५ सय मोटरसाइकल र स्कुटी बिक्री गर्ने लक्ष्य राखेको पाण्डेको भनाइ छ । दसैं तिहार अफरमा हेल्मेट र लेगार्ड समेत उपलबध गराइने पाण्डेले जानकारी दिए । उनका अनुसार अहिले सम्म यो अफरमा यो रिपोर्ट तयार पार्दा सम्म १ सय १० मोटर बाइक बिक्री गरिएको जानकारी उनले अर्घाखाँची डट्कम् लाई बताए ।   

 


 

गल्लीगल्लीमा देखिने मोटरबाइक सोरुम र रिकन्डिसन हाउसले चाडपर्वको अवसरमा ल्याउने यस्ता अफरले ग्राहकलाई खिच्ने मात्र होइन आफ्नो वार्षिक लक्ष्य पुरा गर्न भरपूर्ण प्रयास गर्छन् । यसैलाई हामीले प्रत्यक्ष देख्न सकिन्छ । बजारका गल्लीगल्लीमा देखिने ब्यापारलाई मध्यनजर गर्दै अर्घाखाँची डट्कम टोली यस् पटक बुटवल बजारका अटोमोबाइल्स सन्चालित स्थान सम्म पुगेर यो रिपोर्ट तयार गरेको हो ।

 

बुटवल बजारको मुख्य सडकका दुई किनारामा अत्यधिक अटोमोबाइल्स सन्चालित छन । त्यहा दसैं तिहारका धेरै अफर स्किम रहेको देख्न सकिन्छ । स्किम योजना अन्तर्गत बजाजमा सबै भन्दा ठुलो उपहार जित्न बुटवलकै एक व्यवसायी सफल भएको उदाहरण भैरव अटोम्बाइल्स सँग छ । बजाजको अधिकारिक बुटवल बिक्री केन्द्र भैरव अटोम्बाइल्स मार्फत मोटर बाइक खरिद गरेका निर बहादुर केसीको उदाहरण लाई हेर्न सकिने भैरव अटोम्बाइल्सका म्यानेजर कपिल खड्काले बताए । बुटवल बजारमा सबैभन्दा बढी बजाजका बाइक देख्न पाइने दावी उनको छ । अहिले भैरव अटोम्बाइल्सले नगद ५ हजार देखी १ लाख सम्मको नगद उपहार योजना ल्याएको छ । भाद्र १४ देखी तिहार पछी सम्म यो योजना रहने खड्का को भनाइ छ । वार्षिक लक्ष्यको ४० प्रतिशत लक्ष्य यसै समयमा पुरा गर्ने योजना भैरव अटोम्बाइल्सले लिएको छ । डिस्कभर बजाज को २२० एफ , १२५ एस र २०० एनएस कोमाग बजारमा धेरै भएकोले कम्पनीले नै यो माग पुरा गर्न नसकेको उनले बताए । बजाजको यो अफरलाई अझ आकर्षित पार्न भैरवले भोट् आँफैलाई “बजाजतन्त्र” अफर ल्याएको छ । यो भोटिङमा बिभिन्न ७ योजना रहेका छन । आफुलाई मन पर्ने मध्ये कुनै एकलाइ भोट गर्न सकिने खड्काले बताए । यस् अफरमा खरिद गर्ने ग्राहकलाई ५ पटक सम्मको फ्री शभ्रिसिङ को सुविधा दिएको खड्का ले अर्घाखाँची डट्कम् लाई  बताए ।

 


 

प्रचार प्रसारको दुनियाँमा बुटवल बजारमा अघिल्लो नाम हो केसी अटो मोबाइल्स । टिभिएस को अधिकारिक बिक्रेता रहेको यस्ले असोज को दोस्रो हप्ता बाट दसैं तिहार अफर ल्याएको हो । बर्षको आधा लक्ष्य यसै अफर बाट उठाउने योजना यस् ले लिएको छ । श्रावन महिना यता ४ सय भन्दा बढी बाइक बिक्री गरेको बताउने केसी अटोमोबाइल्समा नगद १० हजार छुट सबैमा २ बर्षको वारेन्टी , ५ बर्ष सम्म फ्री सर्भिसिङ , स्पोट एक्सचेन्ज तथा  स्पोट  फाइनान्स एक्सचेन्ज योजना राखिएको म्यानेजर पशुपती बश्यालले बताए ।

बजारमा महिलाले स्कुटी र पुरुषले मोटर बाइक प्रयोग गर्ने गरेको भए पनि अहिले सबैवर्गका सबै उमेर समुहकाले प्रयोग गर्ने गरेको देखिन्छ । साना सवारीका साधनको सख्या बढे अनुपातमा बजार भिडभाड पनि बडेको छ । यधपी ब्यस्त जीवनमा यस्ता साधनले आम सर्वसाधारणको मन जितेर आफ्ना दैनिक कामकार्यलाई अगाडि बडाईरहेका छन ।