ताप्लेजुङमा यसवर्ष कोदो खेतीमा बृद्धि

ताप्लेजुङ  । ताप्लेजुङमा यसवर्ष कोदो उत्पादन बढ्ने देखिएको छ । गतवर्षको तुलनामा यसवर्ष १० प्रतिशतभन्दा बढीले कोदो उत्पादन बृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ ।


यस बर्ष मौसम अनुकूल भएकोे र कुनै रोग तथा किराको प्रकोप नभएकाले जिल्लाका सबै क्षेत्रमा कोदो खेतीमा बृद्धि हुने भएको हो ।


यस वर्ष ताप्लेजुङका विभिन्न गाविसमा उन्नत जातको कोदो लगाइएको थियो । ताप्लेजुङमा ६० प्रतिशतभन्दा बढी कृषक कोदो खेतीमा निर्भर छन् । ताप्लेजुङमा धान र मकैभन्दा कोदो बढी फल्दछ ।

 

– RSS