शेयर बजार परिसूचक नेप्सेमा सुधार जारी

काठमाडौं । बुधबार पनि शेयर बजार परिसूचक नेप्सेमा सुधार जारी रह्यो । यस दिन नेप्से साढें ३ अंक बढिले बढेर ४ सय ५१ दशमलब चार तीन अंकमा पुग्यो । यसदिन टेलिकम सूचिकृत अन्य समूह बाहेक अरु कारोबार भएका सबै समूहका सूचक उकालो लागे ।


जलविद्युत समूहमा सबैभन्दा उच्च १७ अंकको बृद्धि भयो । यस्तै, वाणिज्य बैंक र बीमा समूह दुबैमा साढे ८ अंकको बृद्धि भयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा ७६ कम्पनीको १ लाख ८७ हजार कित्ता शेयर ५ करोड ८३ लाख रुपैयाँ बराबरमा खरिद विक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

– RSS