काठमाडौं । वर्षको शुरु देखि नै निरन्तर बृद्धि हुँदै आएको पर्यटक आगमनमा पछिल्लो महिना भने गिरावट आएको छ । यो वर्षको अक्टुबर महिनामा अघिल्लो बर्षको यसै अवधिको तुलनामा पर्यटक आगमन ७ प्रतिशत बढीले घटेको हो । यो महिना हवाई मार्ग भएर जम्मा ६७ हजार ९ सय १ जना पर्यटक नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांक उधृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ ।
गत वर्षको अक्टुवर महिनामा ७३ हजार २ सय ६४ पर्यटक हवाई मार्ग भएर नेपाल आएका थिए । अघिल्लो महिनाको तुलनामा भने यो महिना पनि पर्यटक भने बढेका हुन् । सेप्टेम्बर महिनामा ४९ हजार ७५ पर्यटक हवाईमार्ग भएर नेपाल आएका थिए । यस अवधिमा सार्क क्षेत्रका पर्यटक आगमनमा सबैभन्दा बढि साढे २८ प्रतिशतले गिरावट आएको छ ।



