यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित

प्युठान । असुरक्षाको कारण देखाउँदै स्वर्गद्वारी बस ब्यवसायी समिति प्यूठानले यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित भएको छ ।

 

हिजो प्यूठान दाखाक्वाडीका स्थानीयवासीले बसको टिकट बुकिङ्ग काउन्टरको माग गर्दै यातयात बन्द गरेको विरोधमा आज व्यवसायीहरु नै बन्दमा उत्रिएका हुन् ।

 

– RSS