बुटवल (स्वाधीन) । बुटवल कृषि उपज थोक बजार केन्द्रको आयोजनमा विहिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल नगरपालिका कार्यकारी अधिकृत खिम बहादुर रायमाझिको प्रमुख आतिथ्यता तथा बुटवल नगरपालिकाका पुर्व मेयर भोज प्रसाद श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।
विजया दशमी तथा दिवावली,छट तथा बकर ईदको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा केन्द्रका अध्यक्ष कलाधर पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोखरेल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष पदम श्रेष्ठ लगायत पत्रकार, उपज केन्द्रका पदाधीकारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
उपज केन्द्र हालै नेपाल सरकारबाट नेपालकै उत्कृष्ठ उपज केन्द्रको को रुपमा पुरस्कार पाएको थियो ।