नेपाल बैंक लिमिटेडबाट कर्जा लिएर गैरकानुनी रुपमा भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका टी एण्ड टी इण्डष्ट्रिज प्रालिका तीन सञ्चालक पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मोहन साहनी समूह अन्तर्गत रहेको टी एण्ड टी इण्डष्ट्रिज प्रालिका सञ्चालकलाई पक्रेको छ । नेपाल बैंक लिमिटेडबाट कर्जा लिएर गैरकानुनी रुपमा भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका तीन जना संचालकलाई प्रहरीले पक्रेको हो ।
प्रालिका सञ्चालक प्रदिपरत्न तुलाधर, अमरराजा ताम्राकार र सर्वज्ञराज तुलाधरले बैंकका कर्मचारीको मिलेमतोमा उद्योगको नाममा लिएको कर्जा नेपाल बैंकलाई १५ लाख ८७ हजार ७ सय ४ रुपैयाँ हानी नोक्सानी पुर्‍याएका थिए ।
तीनै जना सञ्चालकले मोहन साहनीलाई १० करोड ५० लाख ९१ हजार ८ सय ७१ रुपैयाँ जरिवाना तोकिएको थियो । सञ्चालक प्रदिपरत्न तुलाधर, सर्वज्ञराज तुलाधर र अमरराज ताम्राकारले जनही ३ लाख ९६ हजार, ९ सय २६ रुपैयाँका दरले नोक्सानी पुर्‍याएको प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले जनाएको छ ।
केन्द्रले मोहन साहनी लगायत अन्य प्रतिवादीहरुले नेपाल बैंकबाट कर्जा लिने क्रममा बैंकलाई १९ करोड ६ हजार ४५ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको जनाएको छ ।