रनभूल्ल परेका विपक्षी दलहरुद्धारा सरकार विरोधी आन्दोलनका कार्यक्रमहरु घोषणा

आन्दोलन घोषणा गर्दै विपक्षी दलहरुसंविधानसभा विघटन भएको पाँच महिना सम्म रनभूल्लमा परेको जस्तो देखिएका विपक्षी दलहरुले शनिवार सरकार विरोधी सडक आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन्।


नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायत विपक्षी दलले काठमाण्डू बाहिर आमसभाहरु गर्ने बताएका छन् भने उपत्यकामा नागरिक समाज, उद्योगपति, व्यापारी र आफ्नै कार्यकर्ताहरुसँग वृहत भेला गर्ने भएका छन्।

विपक्षी दलका नेताहरूले सरकार नहटेसम्म आन्दोलन नरोकिने चेतावनि दिएका छन्।


सहमति बिना सरकारले बजेट ल्याउन खोजे त्यसलाई रोकिदिन तीन दिन अघि राष्ट्रपतिलाई लिखित आग्रह गरेका विपक्षी दलहरुले शनिवार पत्रकार सम्मेलन मार्फत धेरैजसो उपत्यका बाहिर केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

चुनावी सरकारको नेतृत्वलाई जोडतोडका साथ उठाउँदै आएका विपक्षी दलले संविधानसभा चुनावबाट संविधान बनाउने विषयलाई आन्दोलनको उद्देश्यको पहिलो बुँदामा राखेका छन्।


आफ्नै नेतृत्वको चुनावी सरकारको मागलाई दोस्रो बुँदामा झारेका छन्।

 

आन्दोलनको उद्देश्यवारे एमाले अध्यक्ष झलनाथ खनालले भने,