तिहार पर्वका बेलामा झिलिमिली बत्ति तथा माटाका पाला विक्री वितरणमा उल्लेख्य बृद्धि

काठमाडौं । तिहार पर्वका बेलामा घर, समाजलाई उज्यालो बनाउन प्रयोग गरिने झिलिमिली बत्ति तथा माटाका पाला विक्री वितरणमा उल्लेख्य बृद्धि आएको छ । यस्ता बत्ति तथा पाला खरिद गर्न उपभोक्ता तल्लिन छन् ।


आफ्नो घर बत्तिले उज्यालो बनाइराख्दा धनकी देवी लक्ष्मीको वास हुने धार्मिक विश्वास अनुसार घर उज्यालो बनाउन यस्ता वत्ति तथा पालाको प्रयोग बढ्दै गएको छ । बजारमा सय पचास रुपैयाँ देखि ३ हजार ३५ सय रुपैया सम्मका माला बत्तिहरु उपलब्ध छन् ।


उत्पादकहरुले यस्ता वत्ति बर्षै पिच्छे नयाँ डिजाइन, आकार प्रकारमा निर्माण गरेको पाइन्छ । ठूला घरहरुमा भाडामा वत्ति हाल्ने पनि उत्तिकै छ । गत वर्षहरुको तुलनामा यस वर्ष यस्ता बत्ति तथा पालाको विक्रि बढे सँगै मूल्य पनि बृद्धि भएको यी व्यवसायीहरु बताउँछन् ।


राजधानी सहित देशमा प्राय सबै शहरहरु यतिखेर झिलिमिली बनाइएका छन् । राजधानीमा ठुला ठुला मलदेखि न्यूरोड लगायतका क्षेत्रमा रातभर नै यस्ता वत्तिको प्रयोगले शहरलाई उज्यालो बनाइराखेको छ ।

 

RSS