काठमाडौं । शहरबजारमा यतिखेर किनमेलको चटारो छ । तिहारका लागि आवश्यक सामग्री जो हो गर्नमा सर्वसाधारण व्यस्त छन् । यतिखेर फुटपाथ देखि ठूला मलहरु सबै भरिभराउ छन् । तर यसपटक उपभोक्ता महंगीको चर्को मारमा परेका छन् । उपभोक्ताले खाद्यान्न, लत्ता कपडा, सुनचाँदी, लगायतका वस्तुमा अस्वाभाविक मूल्यबृद्धिको महशुस गरेका छन् ।
यसले सर्वसाधारणको दैनिकी कष्टकर बनाइदिएको हो । सर्वसाधारण त सर्वसाधारण सरसामान बेचेर भ्याइनभ्याई व्यापारीले समेत मूल्य बृद्धिका कारण अघिल्ला बर्षका तुलनामा व्यापार घटेको समेत बताएका छन् ।
सरकारले मूल्यबृद्धि नियन्त्रणलाई प्राथमिकता दिदै आएको रटान लगाउँदै आएपनि मूल्य बृद्धि भने झन् झन् बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि मूल्य बृृद्धि दोहोरो अंकमा पुगेको देखाएको छ । सरकारले मूल्य बृद्धि नियन्त्रणलाई प्राथमिकता दिएको भन्दै आएपनि राष्ट्र बैंकको पछिल्लो तथ्यांकले समेत मूल्य बृद्धि बढ्दै गएको प्रष्ट पारिदिएको छ ।
चालु आर्थिक बर्षको पहिलो महिनामै उपभोक्ता मुद्रास्फीति ११ दशमलब ९ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । भलै भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ११.२ प्रतिशतमा झरे पनि सरकारी लक्ष्य भन्दा उल्लेख्य माथी पुगिसकेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलब ७ प्रतिशत रहेको थियो । बजेट ल्याउने र ल्याउन नदिने दलहरुको आ



