फेरी सुनको भाउ घट्यो

काठमाडौं । तीन दिनसम्म उच्च बिन्दुमा कारोबार भएको सुनको भाउ हृवात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलाको ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष तेजरत्न शाक्यले अनलाइनखबरलाई दिनुभएको जानकारी अनुसार बिहीबार सुन तोलाको ६० हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छ । बुधबार सुनको भाउ ६१ हजार ५ सय रुपैंया थियो ।


आइतबार, सोमबार र मंगलबार भने सुन अहिलेसम्मकै उच्च अर्थात तोलाको ६१ हजार ८ सय ५० रुपैंया कायम थियो । यस्तै तेजाबी सुनको मूल्य पनि घटेको छ । बुधवार ६१ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोवार भएको तेजावी सुन विहीवार घटेर ६० हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको शाक्यले वताउनुभयो ।


बिहीबार चाँदीको भाउ पनि घटेको छ । बुधबार तोलाको १२ सय २० रुपैंयामा कारोबार भएको चाँदी बिहीबार तोलाको १२ सय १० रुपैंयामा कारोबार भैरहेको संघले जनाएको छ । बिहेको सिजनको बेला भाउ बढ्दा कारोबार घटेको थियो । अहिले भाउ घटेपछि कारोबार बढ्ने व्यवसायीको विश्वास छ ।

– RSS