धनकुटा जिल्लामा संञ्चालित ५४ वटा सहकारी संस्थाको दर्ता खारेजी

धनकुटा । डिभिजन सहकारी कार्यालय धनकुटाले कोशी पहाडी जिल्लामा संञ्चालित ५४ वटा सहकारी संस्थाको दर्ता खारेजीका लागी प्रकृया अघि बढाएको छ । धनकुटाका १६, भोजपुरका २५, संखुवासभाका १३ र तेह्रथुम जिल्लामा संचालित तीन वटा उपभोक्ता सहकारी संस्था कारबाहीमा परेका हुन् ।


डिभिजन सहकारी कार्यालयद्धारा धनकुटामा आयोजित कार्यक्रममा आर्थिक पारदर्शिता नदेखाउने, समयमा साधारणसभा र अडिट नगर्ने, सहकारी नियमको बर्खिलाप गर्दे आफूखुसि चलेका र आर्थिक हिनामिनाको आरोप लागेका तथा उत्पादनसँग सम्बन्धीत काममा भन्दा नाफामूखि बन्दै गएका सहकारी संस्थालाई ३५ दिने म्याद दिई पत्र लेखी सकिएको जानकारी दिइयो ।


दर्ता खारेजीको प्रकृयामा गएका संस्थाहरुले ३५ दिन भीत्र कारण स्पष्ट गरी तोकिएको जरिवाना बुझाएर आए संस्था संचालनका लागी पुनः नविकरण इजाजत दिइने कार्यालयले जनाएको छ । कोशी पहाडका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लामा हाल पाँचसय ८३ उपभोक्ता सहकारी संस्था दर्ता भई संचालनमा छन् ।

 

-RSS