एमाओवादी पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवरसँग २८ हजार रुपियाँ धरौटी माग, धरौटी बुझाउन नसकेपछि पुनः थुनामा

काठमाडौ – एक कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवरसँग धरौटीबापत् २८ हजार रुपियाँ मागिएको छ । उनीसँग आज जिल्ला प्रशासन कार्यालय काठमाडौं उपस्थित गराइएको प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले २८ हजार धरौटी माग गरेका हुन् ।


धरौटी बुझाउन नसक्ने बताएपछि उनलाई पुनः प्रहरीकै नियन्त्रणमा राखिएको बुझिएको छ । दाहालले सार्जजनिकरुपमै उनलाई माफी दिने घोषणा गरेपनि प्रजिअले कुावरसाग धरौटी मागेका हुन् ।


मंसिर १ गते दाहाललाई थप्पड हानेपछि पक्राउ परेका उनलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखिएको थियो । आइतबार बिहानै उनका औषधी र लुगा भिनाजु भीम भारतीलाई बुझाइएको थियो ।

 

– RSS

अन्य समाचारहरु