१२ वुदेँ संम्झौताको औचित्य समाप्त: भुसाल

– शोभाखर पन्थी


सन्धिखर्क, अर्घाखाँची –  नेकपा माओवादीका प्रवक्ता पम्फा भुसालले १२ वुदेँ संम्झौताको औचित्य समाप्त भएको बताउनु भएको छ ।

 


 

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीले सोमावार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता भुसालले तत्कालिन समयमा गरिएको १२ वुदेँ संम्झौताको अहिलेको परिवर्तित अवस्थामा औचित्य छैन, भन्दै तत्कालिन संविधान सभामा रहेका दलहरुविच नयाँ शिरमा सहमति गरि अगाडी बढ्नुपर्ने बताउनु भयो ।

सरकारले बैशाखमा गर्ने भनेको निर्वाचनलाई नौटङ्किको संज्ञा दिदैँ भुसालले वर्तमान सरकारले निर्वाचन गराउँछु भन्नु सत्ता लम्बाउने खेलमात्र भएको जिकिर गर्नु भयो । मुलुकको निकासको लागि संवैधानिक र कानुनी बाटो खोज्नुको कुनै अर्थ नरहेको औल्याउँदै उहाँले राजनिति सहमति बाहिर गएर कुनै निकास निकाल्न नसकिने बताउनुभयो ।


नयाँ सरकार गठन बारे पत्रकारहरुले राखेको जिज्ञासामा भुसालले राष्ट्यि सहमतिय सरकारको नेतृत्व माओवादी महासंचिव बादलले गर्नुपर्ने भन्दै एमाओवादी, एमाले, कग्रेस, र मधेसी मोर्चाका नेताहरु असफल सावित भईसकेको भन्दै असफल दलका असफल नेताहरुको नेतृत्व आफुहरुलाई अमान्य भएको जिकिरगर्नभयो ।


राष्ट्रिय स्वाधिनता र जनमुक्तिका लागि माओवादीले हजारौको बलिदान गराएको जिकिर गर्दै प्रचण्ड, बाबुरामले देश र जनता प्रति गद्धारी गरेकोले आफुहरुले सम्वन्ध बिच्छेद गरि नयाँ पार्टी निर्माण गरेको उहाँको भनाईे थियो । मुलुकको राष्ट्यिता गम्भिर संकटमा रहेको बताउँदै पूर्व मन्त्रि समेत रहेकी प्रवक्ता भुसालले राष्ट्भक्तहरुसँग नयाँ एकता गरि आफ्नो पार्टीको महाधिवेशन पछि राष्ट्यिताको पक्षमा लड्ने चेतावनी समेत दिनुभयो ।


स्थानिय स्रोत र साधनमा स्थानिय जनताको स्वामित्व हुने भन्दै भुसालले जनईच्छा विपरित नरपानिको चुनढुंगा उत्खनन गर्न नहुने बताउनुभयो ।  चुनढुंगा उत्खनन विरुद्ध जनताले गरेको आन्दोलन जाहेज भएको बताउँदै उहाँले ऐतिहासिक महत्व बोकेको महाभारत पर्वत जोगाउनु सवैको कतव्य भएको बताउनुभयो । कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष विजय दमासेको  अध्यक्षता र हरि प्रसाद नेपालीको संन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु