-बिशाल भट्टराई
राजश्व अनुसन्धान विभागको एक टोलीले गुल्मीको सदरमुकाम तम्घासका ३ ठूला पसलमा आज छापा मारेको छ ।
छापामारे पछि टोलीले पसलका महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ । बिषेश सुराकीका आधारमा तम्घास आएको टोलीले भुसाल ट्रेडिङ्ग कन्सर्न, मृगेन्द्र सपिङ्ग सेन्टर र न्यू बिनोद किराना पसलमा छापामारेको हो ।
व्यवसायीका खाता, खरिद विक्री बिल, बिजक, भ्याट बिल र भ्याट प्रणाली सम्बन्धी कागजपत्रहरु टोलीले नियन्त्रणमा लिएको छ ।
एक सदस्यका अनुसार तम्घास बजारमा मात्र दुई दर्जन भन्दा बढि व्यवसायीले राजश्व छलेर व्यापार व्यवसाय गर्ने गरेको सूचना आफूहरुसँग रहेको जनाए ।