एच एण्ड बि बैंक घोटालामा अन्य बैंकको पनि मिलोमतो भएको खुलासा

एच एण्ड बि डेभलपमेन्ट बैंकको काठमाडौं कुलेश्वर शाखा प्रवन्धकले गरेको घाटाला काण्डमा अन्य थुप्रै बैंक तथा वित्तिय संस्था र सहकारी संस्थाहरुको समेत मितोमतो रहेको पाईएको छ । बैंकको कुलेश्वर शाखाका प्रबन्धक निरज नेपालले रकम नै नभएको खाताबाट गुड फर पेमेन्ट चेक जारी गरि बैंकलाई झण्डै १ अर्बको नोक्सान पुर्‍याएका थिए ।  
खातामा पर्याप्त रकम भएपछि मात्रै यस्तो चेक जारी गरिन्छ र जारी गरिएको चेकको भुक्तानीको जिम्मा स्वयं बैंकको हुन्छ । रकम नै नभएको खाताबाट जारी गरिएको गुड फर पेमेन्ट चेक जारी गरि बैंकलाई हानी पुर्‍याउने शाखा प्रबन्धक नेपाललाई प्रहरीले पक्रेर अनुसन्धान अघि बढाईसकेको छ ।
उनले कति वटा यस्ता चेक जारी गरेका थिए भन्ने अहिले सम्म यकिन भै नसकेको बैंकले जनाएको छ । अहिले पनि दावी लिएर आउने क्रम जारी रहेकोले कति घोटाला भएको छ भन्ने यकिन भैनसके पनि यस्तो रकम ७० करोड भन्दा धेरै नै रहेकोस्रोतले जनाएको छ ।
यसरी बैंकबाट गुड फर पेमेन्ट चेक धितोमा राखेर अरु विभिन्न वित्तिय संस्था तथा सहकारीहरुले ऋण दिएका छन् ।
तर राष्ट्र बैंकले गुडफर पेमेन्ट चेकलाई धितो मान्न नमिल्ने जनाएको छ ।