इटालीका ७६ वर्षीय पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीले २७ वर्षकी गर्लफ्रेन्डसित इन्गेजमेन्ट

Engaged: Silvio Berlusconi with Francesca Pascale in 2009. He has announced he is marrying the TV presenter, who is 49 years his junior

रोम – इटालीका ७६ वर्षीय पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीले आफ्नी २७ वर्षकी गर्लफ्रेन्ड फ्रान्सेस्का पास्कलसित इन्गेजमेन्टको घोषणा गरेका छन्। 

 

  बेर्लुस्कोनीले यसअघि दुई पटक बिहे गरिसके। उनीहरुबाट पाँच सन्तान रहेका छन्।

 

ती मध्ये एक छोरी मरियानाको उमेरै ४६ वर्ष रहेको छ।

 

टेलिभिजनमा अन्तर्वार्ता दिँदै बेर्लुस्कोनीले आफ्नो इन्गेजमेन्टको आधिकारिक घोषणा गरेका हुन्।

 

उनले आफ्नी छोरी मरियानाले पनि आफूभन्दा कम उमेरकी भावी आमालाई मन पराएको दावी गरे।

बेर्लुस्कोनी इटालीमा तीन पटक प्रधानमन्त्री भइसके।

 

– एजेन्सी