नोकिया कम्पनी डुब्ने अवस्थामा

कुनै समय मोबाइलको दुनियाँमा तहल्का मच्चाएको नोकिया कम्पनी डुब्ने अवस्थामा पुगेको छ ।

 

अन्य कम्पनीले एकपछि अर्को गरी ल्याएको प्रविधियुक्त उत्पादनका कारण नोकिया कम्पनी डुब्ने अवस्थामा पुगेको हो । कम्पनी घाटामा गएसँगै कर्मचारीहरुको पनि ब्यापक कटौती हुने भएको छ । फिनल्याण्डमा मुख्यालय रहेको कम्पनी घाटामा गएपछि त्यहाँको अर्थब्यबस्था पनि ओरालो लागेको छ ।

 

फिनल्याण्डका प्रधानमन्त्री जिर्की केटइनेनले देशको अर्थतन्त्र उकास्नका लागि सकारात्मक भूमिका निर्वाह गरेपनि हालका दिनमा कम्पनी घाटामा गएकाले कर्मचारी कटौती गर्ने तयारी गरेको जानकारी दिए । उहाँले यसको मुख्यालयसमेत बेच्ने योजनामा फिनल्याण्ड सरकार रहेको स्पष्ट पारे ।

 

 

करीब ३७ सय कर्मचारी कटौतीमा पर्ने कम्पनीको तयारी छ ।

 

– Agencies