रोल्पाबाट बाहिरिने सवारी साधनमा फेरी लागु औषध फेला पर्‍यो

गएराति रोल्पाको लिवाङबाट नेपालगंज जादै गरेको भे १ ख १०१० नम्वरको बसमा चरेस फेला परेको छ । रोल्पाको दोस्रो व्यापारिक केन्द्र सुलिचौरमा प्रहरीले चेक जाच गर्दा चरेस भेटिएको हो । 

बर्दिया ढोडेनी ९ बस्ने ३५ वर्षीया खुमबहादुर घर्तीको साथमा पााच सय ग्राम गाजा र ५० ग्राम चरेस फेला परेको इलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ । रोल्पा भावाङमा रहेको मामाको घरबाट घर फर्किदै गरेका घर्तीको साथमा लागु पदार्थ भेटिएको हो । 
अभियुक्तलाई अहिले इलाका प्रहरी कार्यालाय सुलिचौरको नियन्त्रणमा राखिएको छ ।