एमाओवादीको बैठकमा प्रचण्ड र सुशीलबारे दुईमत / संघीयता र चुनावमा सहमति भए सरकार छाड्न तयार

एकीकृत माओवादीको केन्द्रीय पदाधिकारी एवं ब्यूरो प्रमुखहरुको विस्तारित बैठकले सहमतिका लागि ३ बुँदे म्यान्डेटसहित केन्द्रीय कार्यालयलाई अधिकार हस्तान्तरण गरेको छ । बैठकमा भावी प्रधानमन्त्री सुसील कोइलालाई बनाउने कि प्रचण्डलाई बनाउने भन्नेबारे मत बाझिएको छ ।
एमाओवादी प्रवक्ता अग्नी सापकाटाले राजनीतिक एजेन्डामा सहमति भए सरकार ठूलो कुरो होइन भन्दै बैठकले सामथ्र्य र पहिचानसहितको संघीयता र बैसाखमा चुनाव हुने कुराको सुनिश्चितता भए सरकार छाड्न सकिने सर्वसम्मत निर्णय गरेको बताउनुभएको छ ।
स्रोतका अनुसार बैठकले सहमति गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ । संघीयता, धर्मनिरपेक्षता र समावेशी जस्ता आन्दोलनका उपलब्धीलाई छाड्ने गरी सम्झौता नगर्ने र राजनीतिक सहमति गरी बैसाखमा चुनाव गर्ने शर्तमा सहमति खोज्नेगरी केन्द्रीय कार्यालयलाई बैठकले म्यान्डेट दिएको बैठकपछि एमाओवादी नेताले बताए । 
शनिबारको बैठकमा ३५ जना नेताहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्नेमध्ये केहीले आप्नै पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेका थिए भने केहीले बाबुराम भट्टराईले राष्ट्रघात गरेको आरोपसमेत लगाउँदै कांग्रेसलाई नेतृत्व दिनुपर्ने तर्क राखेको बैठकमा सहभागी नेताले बताए।

अन्य समाचारहरु