चीनले विश्वको सबैभन्दा तिब्र गतिको बुलेट ट्रेनको मार्ग औपचारिक रुपमा खुल्ला गरेको घोषणा गरेको छ । यो रेलमार्ग राजधानी बेईजिङदेखी दक्षिणी व्यवसायिक केन्द्र ग्वाङजोसंग जोडिनेछ । पहिलो बुलेट ट्रेनको सार्वजनिक सेवा स्थानिय समय अनुसार बुधबार बिहान बेइजिङबाट हिडिंसकेको छ । रेलको शुरुवाती गति ३ सय किलोमिटर प्रति घण्टा हुनेछ ।
आजबाट शुरु भएको रेलमार्गको केही भागमा पहिला नै रेल सेवा शुरु भैरहेको थियो । चिनियां रेल अधिकारीहरुले प्राविधिक रुपमा नै यो विश्वको सबैभन्दा अत्याधुनिक रेलमार्गमध्ये एक भएको दाबी गरेका छन् । करिब २ हजार २ सय ९८ किलोमिटर दुरीको यो रेलमार्गमा ३५ स्टेशन रहेका छन् ।
यसअघि यो दूरी पार गर्न सामान्यतया २२ घण्टा लाग्थ्यो भने अब बुलेट ट्रेनबाट भने १० घण्टामै यो दूरी पूरा हुनेछ । चिनियां सरकारी सञ्चारमाध्यमका अनुसार माओत्से तुङको २६ डिसेम्बरको वार्षिकीका अबसरमा रेल सेवाको सार्वजनिक सेवा शुरु गरेको जनाएका छन् । चीनले पूरै मुलुकभर नै द्रूत गतिका रेल नेटवर्कको महत्वकांक्षी योजना विस्तार गरिरहेको छ ।
– Agencies