फ्रान्सको पेरिसस्थित मोबाइल कम्पनी एप्पलको स्टोरमा करिब १० लाख युरो बराबरको सामान चोरी

फ्रान्सको राजधानी पेरिसस्थित मोबाइल कम्पनी एप्पलको स्टोरमा करिब १० लाख युरो बराबरको सामान चोरी भएको छ । नयां वर्ष सन् २०१३ को पूर्वसन्ध्यामा हतियार सहित आएका ४ जना लुटेराहरुले एप्पलको स्टोरबाट चोरी गरेको प्रहरीले जनाएको छ ।


नयांवर्षको पार्टीमा मानिसहरु व्यस्त रहेका बेला स्टोर बन्द भएको केही घण्टा पछि नै लुटेराहरु सामान चोरेर भ्यानमा चढी भागेको जनाइएको छ ।


न्यूयोर्कका मेयर माइकल ब्लुमबर्गले एप्पलका सामग्रीहरुको बढ्दो चोरीले शहरमा हिंसा बढाएको बताइरहेका बेला पेरिसमा चोरी भएको हो ।

 

–  एजेन्सी