इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत लिभरपुल र एभर्टन विजयी

इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा लिभरपुल र एभर्टन विजयी भएका छन्भने चेल्सी पराजित भएको छ ।


लण्डन क्लव चेल्सीलाई आफ्नै शहरको प्रतिद्धन्दी क्विन्स पार्क रेन्जर्स क्युपिआरले एक शुन्यले हरायो । क्युपिआरको जीतमा पुर्व चेल्सी खेलाडी शन राईट फिलिप्सको गोल निर्णायक बन्यो ।


गएराती लिभरपुलले सण्डरल्याण्डलाई ३-० ले हरायो । लिभरपुलको लागि लुईस सुवारेजले दुई तथा राहिम स्टर्लीङले एक गोल गरे । यसैगरी एभर्टनले न्युकासल युनाईटेडलाई २-१ ले हरायो । न्युकासलका पापीस सिसेले सुरुवाती गोल गरेपनि एभर्टनका लेईटन बेन्स र भिक्टर एनीचेबीले एक एक गोल गर्दै टोलीलाई जिताएका हुन् ।


 

 

Agencies