वाणिज्य संघले निर्धारण गरेको मूल्यप्रति असहमति जनाउँदै महोत्तरीका मासु व्यापारीहरुद्धारा बिक्रीबितरण बन्द

महोत्तरी । जलेश्वर उद्योग वाणिज्य संघले निर्धारण गरेको मूल्यप्रति असहमति जनाउँदै महोत्तरीका मासु व्यापारीहरुले बिक्रीबितरण बन्द गरेका छन् । खसीको खुट्टा, आन्द्राभुडी र टाउको बाहेक सुख्खा मासु प्रतिकिलो पाँच सय २५ कायम गरेपछि व्यापारीहरुले मासु बिक्री गर्न छाडेका हुन् । महोत्तरीका व्यापारीहरुले दुई दिन यता खसीको मासुमा ५० रुपैयां मुल्य बढाएर एकास्सी प्रति किलो ५ सय ५० पु