चालु आर्थिक वर्षको पौष मसान्तसम्म १ खर्ब ३१ अर्ब राजश्व संकलन

काठमाडौं  । चालु आर्थिक वर्षको पौष मसान्तसम्म लक्ष्य भन्दा बढि राजश्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यस अवधिसम्म १ खर्ब ३१ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ खर्ब ३४ अर्ब ५६ करोड राजश्व संकलन भएको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०६९/७० को प्रथम अर्धवार्षिक स्थितीमा लक्ष्य भन्दा बढि राजश्व संकलन भएको जनाइएको हो ।


राजश्व संकलन बढि भएपनि पूँजीगत खर्च भने हालसम्म १५ प्रतिशत पनि हुन सकेको छैन् । यस्तै समीक्षा अवधिमा कुल १५ अर्ब ७६ करोड बराबर सहयोगको प्रतिबद्धता दातृ निकायबाट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।


मुद्रास्फीति साढे सात प्रतिशतमा सिमित राख्ने लक्ष्य राखिएकोमा यस अवधिमा १० दशमलब ४ प्रतिशत रहेको जनाइएको छ ।


बेरुजु संपरीक्षणतर्फ वार्षिक कम्तीमा ४५ प्रतिशत बेरुजु संपरीक्षण गराउने लक्ष्य राखिएकोमा हालसम्म १७ प्रतिशत बेरुजु संपरीक्षण भएको मन्त्रालयले जनाएको छ ।

 

– rss