प्रदिप पौडेल
पोखरा । नेपाल टेलिकमले द्रूत गतिको इन्टरनेट सेवा पश्चिमाञ्चलमा पनि सुरु गरेको छ । नेपाल टेलिकमले पश्चिमाञ्चलका ३ अञ्चल लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलमा सोमबार देखि वाईम्याक्स (WIMAX) इण्टरनेट सेवा सुरु गरेको हो ।
पोखरामा सोमबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुमन शर्माले यस सेवाको उद्घाटन गर्नुभयो । यसअघि मध्यमाञ्चल र पूर्वाञ्चलमा सुरु भैसकेको यो इण्टरनेट सेवा नेपालको सबैभन्दा दू्रतगतिको इण्टरनेट सेवा भएको नेपाल टेलिकमको दाबी छ ।
टेलिकमका क्षेत्रीय निर्देशक विजय ठाकुरले सेवाबारे विस्तृत जानकारी दिदै तत्कालका लागि कर्पोरेट, संघसंस्थालाई लक्षित गरी सेवा सुरु गरिएको उल्लेख गर्नुभयो । हाल संघसंस्थालाई लक्षित गरी सुरु गरिएको यो सेवा आगामी दिनमा ब्यक्ति विशेषका लागि पनि संचालन गरिने नेपाल टेलिकम पोखरा शाखाका प्रमुख प्रकाशमान प्रधानले बताउनुभयो ।
– RSS