चीनमा पटाका सामग्री लिएर गइरहेको ट्रक विष्फोट हुँदा कम्तिमा नौ जनाको मृत्यु भएको छ । घटनामा ११ भन्दा बढी घाइते भएका छन् ।
हेनान प्रान्तको सान्मेन्जिया शहरस्थित आकाशे राजमार्गको जी ३० सडक खण्डमा भएको विष्फोटका कारण सडकको ८० मिटर भाग पनि भत्किएको चिनयाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
ट्रक विष्फोटका क्रममा सडकमा रहेका धेरै सवारी साधन ३० मिटर तल जमिनमा खसेका थिए ।
चीनमा एक सातापछि लुनार नयाँ वर्ष शुरु हुँदैछ । यसै अवसरमा परम्परागत आतशवाजीका लागि पटाका पट्काउने चलन रहे पनि भण्डारण र ओसार पसारका क्रममा पटाका विष्फोटका घटना हुने गरेका छन् ।
– एजेन्सी