– कृष्ण खनाल
बुटवल । नेपाली काग्रेसले बर्तमान सरकारका बिरुद्व क्षेत्रीय आमसभा रुपन्देहीको भैरहवा गर्ने भएको छ ।
यही २५ गते हुने सभामालाई केन्द्रीय कोषध्यक्ष चित्रलेखा यादब , केन्दीय सदस्यहरु बालकृष्ण खाण ,बाबुराम राना लगायतका सम्बोधन गर्ने नेपाली काग्रेसले जनाएको छ ।
सुक्रबार नेपाली काग्रेस रुपन्देहीको भैरहबामा बसेको बैठकले बर्तमान अलोकतान्त्रीक सरकारका बिरुद्ध हुने आम सभामा गाउ गाउबाट कार्यकर्ता उत्रार्ने निणय गरेको छ। काग्रसले क्षेत्रीय सभालाई सफल पार्नको लागी क्षेत्रिय , नगर ,गाउ, बार्ड ,तथा मतदान समितीको बैठक २३ गते बसी सरकारका जनहित बिपरीतका गतिबधीहरुलाई बारेमा ब्पापक छलफल गर्ने जनाएको छ।
उक्त बैठकले स्थानियस्तरबाट कार्यकर्ता, तथा सर्बसाधरणलाई ब्यापक रुपमा परिचालन गर्ने रणनिती तयार पर्ने छ। अदुल्ल रज्जाकको अध्यक्षता बसेको बैठक क्षेत्रीय आमसभालाई भब्य रुपमा सफल पर्ने निणय गरेको सचिब रामकृष्ण खाणद्धार जारी बिज्ञप्तीमा उल्लेख छ ।