तिनाउमा कविता प्रतियोगीता सम्पन्न

– कृष्ण खनाल 
बुटवल  । बुटवल देवीनगरस्थित तिनाउ बोर्डिङ स्कुलमा अन्तर मावि जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । 
रुपन्देही जिल्लाका सामुदायिक र निजी गरी ४१ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा  दीप बोर्डिङ हाई स्कुल बुटवलकी युनिका भण्डारी प्रथम,एभरेष्ट बोर्डिङ स्कुलकी प्रकृति रेग्मी दोस्रो,जनजागृति माविका सिद्धार्थ कोइराला तेस्रो तथा सगरमाथा उच्च मावि देवदहकी रेश्मी रेग्मी र प्यारामाउण्ट उच्च माविका सन्देश तिवारी सान्त्वना भएका छन् । 
रुपन्देहीका निमित्त जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अर्याल,प्याब्सन रुपन्देही अध्यक्ष कृष्ण खनाल,अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली,कुलानन्द पाण्डे,यज्ञप्रसाद न्यौपाने,विद्यालयका संस्थापक प्राचार्य यज्ञमुर्ति पाण्डे लगायतले बोल्दै विद्यार्थीको चौतर्फी  विकासका लागि शैक्षिकसंगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनुपर्ने बताएका थिए । 
तिनाउ साहित्य वाटिकाका अध्यक्ष माधव पौडेलको अध्यक्षता र शिक्षक कविराज पौडेलको संचालनमा सम्पन्न  कार्यक्रममा तिनाउका छात्रछात्राले अप्रतियोगी कविता वाचन गर्नुका साथै विविध लोकसंस्कृति झल्किने गीत र नृत्य प्रस्तुत गरेका थिए ।