शेयर बजारमा गिरावट आउने क्रम जारी

काठमाडौं । राजनीतिक अस्थिरता लम्बिदैं गएसंगै शेयर बजारमा गिरावट आउने क्रम बुधबार पनि जारी रह्यो । कारोबार शुरु भएदेखि ओरालो लागेको बजार परिसूचक नेप्से साढें ९ अंकले झरेर ५ सय उनानचालिसमा आएर थामियो । 
कारोबार भएका सबै समूहका सूचक ऋणात्मक रहेसंगै नेप्से उच्च दरले घटेको हो । उत्पादनमूलक समूहमा सबैभन्दा उच्च १५ अंकको गिरावट आयो । यस्तै, जलविद्युत १४ अंक, बीमा १३ अंक र वाणिज्य बैंक समूह १२ अंकले ओरालो लाग्यो । 
यस दिन नेपाल स्टक एक्सचेन्जमा ९३ कम्पनीको ५ लाख उनासी हजार बराबर कित्ता शेयर १४ करोड ८२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । 
RSS