किरण आचार्य
नेपालमा पहिलोपटक करारमा मकैको बीउ उत्पादन सुरु गरिएको छ । करार गरी बीउ उत्पादन गर्दा कृृषकको माग र उत्पादनबीच तादाम्यता नमिली बर्सेनि उत्पादित बीउ खेर गएको गुनासो आइरहँदा यो नयाँ प्रक्रियाको थालनी गरिएको हो ।
कृषि विकास मन्त्रालय मातहतमा सञ्चालित कार्यक्रम पहाडी मकैबाली अनुसन्धान परियोजनाको मध्यस्थतामा बीउ उत्पादक कृषक समूह र विक्रेताबीच उन्नत मकैको बीउ उत्पादनका लागि एक दर्जन करार (सम्झौता) गरिएको छ । चालू वर्षभित्र २० जिल्लाका ४२ वटा बीउ उत्पादक कृषक समूहसँग करार गरिने कार्यक्रम रहेको परियोजनाले जनाएको छ ।