सचिव तथा गाविसका कर्मचारीहरु आन्दोलनमा

चितवन  । स्थानीय निकायको निर्वाचन गर्नुपर्ने माग राखेर गाउँ विकास समितिका सचिव तथा गाविसका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । 

आफूहरुलाई दिइएको गाविस अध्यक्षको जिम्मेवारी समेत फिर्ता लिनुपर्ने भन्दै गाउँ विकास समिति कर्मचारी संघ र गाविस सचिव हकहित संरक्षण केन्द्रको आह्वानमा आज देशभरका गाविस सचिवहरु काम ठप्प पारी आन्दोलनमा उत्रिएका हुन्.। 
एक दशकभन्दा बढी समयसम्म स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा नागरिक आफ्नो अधिकार प्रयोगबाट बञ्चित हुनु परेकोले आन्दोलनमा उत्रनु परेको गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले वताउनुभयो । उहाँले माग पूरा नभएसम्म कामकाज ठप्प पार्ने चेतावनीसमेत दिनुभयो ।
– RSS

अन्य समाचारहरु