कालीगण्डकी ए जलविद्युत आयोजनाको उत्पादन गृहमा समस्या आएपछि मर्मतका लागि बन्द

काठमाडौं  । कालीगण्डकी ए जलविद्युत आयोजनाको उत्पादन गृहमा समस्या आएपछि मर्मतका लागि आयोजना बन्द गरिएको छ । 

आयोजनाको सुरुङबाट टर्वाइनमा पानी लैजाने पाईपमा रहेको इन्लेट भल्वबाट पानी चुहिएपछि उत्पादन गृहमा समस्या उत्पन्न भएको हो । इन्लेट भल्भ मर्मत गर्नका लागि सुरुङको पानी सुकाउनु पर्ने र पानी सुकाउन मात्रै झण्डै ३५ घण्टा लाग्ने अनुमान गरिएको छ । 
आयोजनको मर्मत सम्पन्न गर्न १० दिन लाग्ने पनि बताइएको छ । १४४ मेगावाट क्षमताको कालीगण्डकी आयोजनाबाट ६० मेगावाट विद्युत उत्पादन हुंदै आएको थियो ।
 मर्मतका लागि आयोजना बन्द भएपछि कम्तिमा २ घण्टा लोडसेडिङ थपिने अनुमान गरिएको छ । तर विद्युत प्राधिकरणका अधिकारीहरुले कुलेखानी आयोजनालाई बढी समय संचालन गरेर लोडसेडिङ बढ्न नदिइने दाबी गरेका छन् ।
RSS