काठमाडौं । सोमबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।
बजार परिसूचक नेप्से साढें ४ अंकले झरेर ५ सय ३० मा आइपुग्यो । कारोबार भएका सबै जसो समूहका सूचक घटेसंगै नेप्से ओरालो लागेको हो ।
बीमा समूहको सूचक सबैभन्दा उच्च ९ अंकले घट्यो ।
वाणिज्य बैंक समूहमा पनि ६ अंकको कमी आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा ८३ कम्पनीको ३ लाख ६० हजार कित्ता बराबर शेयर ८ करोड ९६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
RSS