शेयर कारोबार निरन्तर ओरालो

काठमाडौं  । यो साता पनि शेयर बजार वियरिष ट्रेण्ड बाटै शुरु भयो । आइतबार पनि बजार परिसूचक नेप्सेमा ८ अंक बढीको गिरावट आएर ५ सय १९ मा आइपुग्यो ।


कारोबार शुरु हुँदा धनात्मक रहेको नेप्से केही समयमै ऋणात्मक बन्दै निरन्तर ओरालो लागेको हो । कारोबार भएका अधिकांश समूहका सूचक घटेसंगै नेप्से ओरालो लागेको हो । होटल समूहको सूचक सबै भन्दा उच्च १७ अंकले घट्यो । अन्य समूहमा पनि १५ अंकको कमी आयो ।


उत्पादनमूलक र वित्त समूह भने यस दिन सकारात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा ८२ कम्पनीको २ लाख ५७ हजार कित्ता शेयर ९ करोड ९ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS