मधेसको माग पूरा नभएसम्म चुनाव असम्भव भएको तराई-मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताको भनाइ

– जितेन्द्र खड्गा
तराई-मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता ले मधेसका माग पूरा नभएसम्म मधेसमा दोश्रो संविधान सभाको चुनाव सम्भव हुन नसक्ने ठोकुवा गरेका छन् ।
भ्रष्टाचारको मुद्दामा १३ महिना कारागारको सजाय काटेर दुई दिन अघि गृह जिल्ला सप्तरी आएका गुप्ताको स्वागत तथा होली पर्वको अवसरमा हनुमाननगरबासीले आयोजन गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गुप्ताले भने, ‘मधेसको माग पूरा नभएसम्म मधेसमा चुनाव हुन सक्दैन र हामी मधेसीले चुनाव हुन पनि दिननौं ।’
‘मधेसको मुद्दालाई कमजोर पार्ने उद्देश्यले षड्यन्त्रपूर्वक आफूलाई राज्यले जेल दियो’, अभियानका संयोजक एवं पूर्व मन्त्री गुप्ताले भने, ‘तर, मैले जेल बस्दैमा मधेसको एजेन्डा घट्दैनन्, बरु बढेर गएको छ, मधेस प्रदेश तथा विगतमा भएका सहमतिहरु कार्यान्वयन गराउन मधेसी जनता पुनः मधेस आन्दोलनको तयारीमा जुट्दै गएको छ ।’
मधेसका मागहरु पूरा गराउनकालागि आफुहरुले तराई-मधेस राष्ट्रिय अभियान सञ्चालन गरेको र अभियानका क्रममा माग पूरा गराएर छाड्ने गुप्ताको भनाई छ ।
   

अन्य समाचारहरु