– बाबु रोका मगर”अपरिचित”
असुरकोट,जोगिटारी(अर्घाखाँची)
हेल्लो “जुली” के छ हालखबर कहाँ छ्यौ तिमी
मलाई भुली अरु नै खोज्न थालयौ कि तिमी? |
फोन गर्छु तिम्रो मोबाईलमा डायल गरेको नम्बर ब्यस्त छ भन्छ
यदी यस्तै चाल हो भने तिम्रो र मेरो घरवार राम्रो कसरी बन्छ? |
आजकल तिमी फेसबुकमा पनि अन्लाइन देखिदैन्यौ
अन्लाइन देखिएको भए पनि सोधेको जवाफ दिदैन्यौ |
मलाई त शंका लागिरहेको छ किन्-किन तिमी माथी
म त तिमीलाई बनाउन चाहेको छु असल जीबन साथी |
अस्ती भर्खर जस्तो लाग्छ होटल पाल्पाली मा भेट भएको
बिर्सियौकी क्या हो त्यो दिन संगै म:म र चाउमिन खाएको |
भरै भेट है “जुली” लवस्टोरी मुभी नाइट शो हेर्न जाउला
अनी त्यहिबेला मन भित्रका कुरा एक आपस मा शेएर गरौला |
हेर “जुली” तिमी म बाट टाढा हुने कोशीस नगर लास्टै झुर होला
म त माया मा ज्यान दिने मान्छे हुँ डराउदैन उर्लिएर आएपनी आँधिखोला |
आजभोलि तिम्रो मिठो बोली सुन्न नपाउदा सुन्सान लागि रहेको छ
तिमीले त मिसकल गर्न पनि छोड्यौ यहाँ कती टेन्सन् भईरहेको छ |
अझै पनि भन्छु तिमी मलाई माया गर्छेयौ भने पर्खि बसे है
म भोली बाइक लिएर आउछु तर तिमी लुकेर न बसे है |
बिध्यानाश “जुली” म तिमीलाई धेरै माया गर्छु,बिश्वास गर्छु
तिमीले मलाई धोका दिने कोशीस गर्यौ भने म तिम्रो नाम मा सु-साइट गर्छु |