दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को गरिबी निवारणसम्बन्धी पाँचौँ मन्त्रिस्तरीय बैठक काठमाडौँमा

काठमाडौं  । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को गरिबी निवारणसम्बन्धी पाँचौँ मन्त्रिस्तरीय बैठक आज काठमाडौँमा सुरु हुँदैछ ।
 
दुईदिने बैठकमा सार्कका सबै सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ ।

बैठकमा सार्क विकास लक्ष्यमा प्राप्त प्रगति, क्षेत्रीय गरिबी, क्षेत्रीय लगानी परियोजना, सन् २०१५ पछिको सार्क विकास लक्ष्य लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गरिबी निवारणसम्बन्धी यसअघिको मन्त्रिस्तरीय बैठक सन् २०११ मा पाकिस्तानमा भएको थियो ।
 
RSS