अफगानिस्तानको एक अदालतमा सुनुवाई भइरहेको इजलासमै तालिवान लडाकूले आक्रमण गर्दा ७४ जना मारिए

अफगानिस्तानको पश्चिमी प्रान्त फराहको राजधानीस्थित एक अदालतमा सुनुवाई भइरहेको इजलासमै तालिवान लडाकूले आक्रमण गर्दा ७४ जना मारिएका छन् । आक्रमणमा ५३ जना सर्वसाधारण, १२ सुरक्षाकर्मी र ९ लडाकू मारिएको समाचार संस्था एपीले जनाएको छ । ९० जनाभन्दा बढी घाइते भएको बताइएको छ । 
इरानी सिमाना नजिकैको उक्त शहरमा तालिवान लडाकुविरुद्धको मुद्दामा सुनुवाई भइरहेका बेला अदालतमै लडाकूले आत्मघाती आक्रमण गरेका हुन् । 
आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ । तालिवानले प्रवक्ता क्वारी युसुफ अहमदीले लडाकुलाई छुटाउन आक्रमण गरिएको र एक दर्जनभन्दा बढी लडाकूलाई छुटाउन सफल भएको दावी पनि गरेका छन्। 
Agencies