नवलपरासीको मुकुन्दपुरमा बर्डफ्लु भेटियो

नवलपरासी । नवलपरासीको मुकुन्दपुर गाविसमा पनि बर्डफ्लु भेटिएको छ । हर्कपुरस्थित मेखबहादुर आलेको लियरर्स कुखुराको फाराममा बर्डफ्लु भेटिएको हो ।
 पोल्ट्री फाराममा रहेका कुखुराहरु झोक्रिन थालेपछि शंका लागेर चैत्रको पहिलो सातामा कुखुराको नमूना पठाएपछि आलेको पोल्ट्री फार्ममा रहेका कुखुराहरुमा बर्डफ्लु भेटिएको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालाका प्रमुख बेदप्रकाश अधिकारीले जानकारी दिए । 
फार्ममा रहेका एक हजार ६ सय कुखुराहरु किसानहरुले नै नष्ट गरिसकेका छन् । 
बर्डफ्लु भेटिएपछि सो स्थानमा आज विहानदेखि प्राविधिक टोली खटाएर रोग नियन्त्रण गर्ने काम भईरहेको छ ।
rss